२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमालेले केन्द्रीय कमिटीको निर्णय पत्रकार सम्मेलन मार्फत भोलि सार्वजनिक गर्ने

१ पुस, काठमाडाैँ । नेकपा एमालेले केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने भएको छ । एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार भोलि शुक्रबार दिउँसो १ः३० बजे काठमाडाैँको बानेश्वरमा पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्न लागेको हो ।

रिजालले निर्णय सार्वजनिकसँगै महासचिव शंकर पोखरेलको पहिलो पत्रकार सम्मेलन पनि रहेको बताए । उनले निमन्त्रणाको सन्देशमा भनेका छन, ‘महासचिवको पहिलो पत्रकार सम्मेलनमा आमन्त्रण ! नेकपा (एमाले), केन्द्रीय कमिटीको हालै सम्पन्न दोस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न महासचिव कमरेड शंकर पोखरेलको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उपस्थितिका लागि अनुरोध गर्दछु । २ पुस, २०७८ । दिउँसो १:३० बजे । अल्फा बिटा, बानेश्वर विष्णु रिजाल उपप्रमुख, केन्द्रीय प्रचार विभाग ।’

प्रकाशित मिति : December 16, 2021 at 8:58 pm