२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नुवाकोट र बागमतीमा केसी दाजुभाइलाई पछारेका डा महत महामन्त्रीमा आफैँ पछारिए


१ पुस, नुवाकोट । नेपाली कांग्रेसको राजनीतिमा नुवाकोटमा भिन्न गुटबन्दी देखिन्छ । देभैभर केन्द्रीय लिगेसी अनुसारको गुटबन्दी हुन्छ । तर नुवाकोटमा अर्जुननरसिंह केसी तथा उनका भाइहरू र डा रामशरण महत तथा उनका भाइ र भतिजाका नाममा गुटबन्दी छ ।  अर्थात नुवाकोटमा केन्द्रको जस्तो देउवा र पौडेल गुट हैन् केसी र महत गुट क्रियाशिल छ ।

सामान्यतया देखिनेगरी गुटबन्दीमा सक्रिय नहुने डा रामशरण महत समेतको सहयोगमा नेपाली कांग्रेसको निवर्तमान सहमहामन्त्री डा प्रकाशशरण महतले केसीको गुटको विरातस नुवाकोटमामात्र ढालेनन् बागमती प्रदेशको अधिवेशनमा अध्यक्षमा जगदिश्वरनरसिंह केसीलाई समेत हराउन मुख्य भूमिका निर्वाह गरे ।

नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत ।

चिकित्सक संघका पूर्व अध्यक्ष समेत भैसकेका अर्जुननरसिंह केसीका भाइ र बागमतीको अध्यक्षमा पराजित जगदिश्वरनरसिंह केसीका दाइ केदारनरसिंह केसीलाई नुवाकोट सभापतिमा हराए । त्यतिमात्र होइन केसी समूहको नाममा नुवाकोटको चार वटा प्रदेश क्षेत्र र दुई वटा प्रतिनिधिसभा  निर्वाचन क्षेत्रमा लडेका उम्मेदवार समेत हराए । नुवाकोटमा महतमा भन्दा केसीको गुट बलियो रहेको थियो ।

कांग्रेसभित्र नुवाकोटमा केसी र महतको परिवारभित्रमा सदस्यले छाडेकोमात्र अरूले पद पाउँदै आएका छन । त्यहीक्रममा एकले अर्कोलाई हराउने उनीहरूको पार्टीभित्रको अभियान तीव्र हुँदा यसपटक रामशरण महतसमेतको सहयोगमा डा प्रकाशशरण महतले नुवाकोटमा केदारनरसिंह केसी र बागमतीमा जगदिश्वरनरसिंह केसीलाई हराएर अन्ततः केन्द्रीय महाधिवेशनमा आफैँ महामन्त्रीमा पराजित भएका छन ।

यो पनि पढ्नुहोस्

नुवाकोट कांग्रेसमा केसी समूह नेतृत्वबाट च्यूत, महतको कब्जामा पुग्यो कांग्रेस

-जगदिश्वरनरसिंह केसीलाई पराजित गर्दै कांग्रेस बागमतीको सभापतिमा इन्द्र बानियाँ विजयी

उनले महामन्त्रीमा जित्ने विश्वास कार्यकर्तासँग बाँडेका थिए तर देउवा समूहका बालकृष्ण खाँड र एनपी साउदहरूका कारण उनी आफैँ पछारिएका छन । शेरबहादुर देउवाका निकट रहेका महत महामन्त्रीमा पराजित भएपनि देउवाको कोटामा पुनः केन्द्रीय सदस्य त मनोनित हुनेनेछैन् । तर उनले कांग्रेसको महामन्त्री हुने अवसर गुमाएका छन । महतले अवसर गुमाउँदै गर्दा केसीका ज्वाइँ गगन थापा भने भारी मतान्तरमा महामन्त्रीमा विजयी भएका छन ।

यसअघि देउवाले मनोनित गरिदिएर सहमहामन्त्री भएको भए पनि १४ औँ महाधिवेशन पाएको मतपरिणाम हेर्दा उनलाई अब कांग्रेसको राजनीतिमा उपल्लो तहको प्रतिस्पर्धामा त्यति सजिलो देखिदैन ।

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार २०:०४