२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

कांग्रेस महामन्त्रीमा गगन थापाको अग्रता, विश्वप्रकाश शर्माले पछ्याउँदै

१ पुस, काठमाडौँ । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार ७० मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले ३४ मत ल्याएर पछ्याएका छन् ।

यसैगरी, प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले २७, मिनेन्द्र रिजालले २१ मत ल्याउँदा राजाराम कार्कीले शून्य मत पाएका छन् । केही समयअघिबाट मतगणना सुरु भएको हो ।

प्रकाशित मिति : December 16, 2021 at 11:36 am