कांग्रेस उपभापति मतगणना अपडेटः पूर्णबहादुर पहिलो, धनराजलाई उछिनेर गच्छेदार दोस्रो
२९ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पदाधिकारी अन्तरगत अहिले पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना भइरहेको छ । जारी मतगणनामा सभापतिमा विजयी शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्काले अग्रता लिइरहेका छन् ।

उनले १६३४ मत प्राप्त गरेका छन । त्यस्तै विजय गच्छदारले १४४३मत प्राप्त गरेका छन् । धनराज गुरुङले १४३७ मत प्राप्त गरेका छन भने चन्द्र भण्डारीले १२५७ मत प्राप्त गरेका छन । ३५३८ मत गणना गरेर सकिएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : December 15, 2021 at 10:35 pm









