२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

जमयमणिले भनेः म एमालेमै छु, नेकपा एसले मेरो नाम दुरूपयोग गर्यो (विज्ञप्तिसहित)

२९ मंसिर, सुर्खेत । नेकपा एमाले सुर्खेतका नेता जयमणि जैशीले आफू एमालेमै रहेको बताएका छन । नेकपा एकीकृत समाजवादीले आफ्नो नाम दुरूपयोग गरेको भन्दै जैशीले एक विज्ञप्ति नै प्रकाशित गरेका छन ।

सुर्खेतको चौकुने ४ विजौरामा वडा कमिटी गठन गरिएको र त्यसमा जैशाी अध्यक्ष भएको भन्दै नेकपा एसका कार्यकर्ताले प्रचार गर्न थालेछि जैशाीले विज्ञप्ति नै निकालेर त्यसको खण्डन गरेका हुन । उनले आफू नेकपा एमालेको वडा कमिटीको सचिव नै रहेको र एमाले छाडेर अन्त नजाने बताएका छन ।

एमाले नेता हरि अधिकारीसँग नेता जैशी ।

प्रकाशित मिति : December 15, 2021 at 10:51 am