७ असार २०८३, आइतबार | Sun Jun 21 2026

अवैध शुल्क उठाउने मेनपावर कम्पनीमा विभागको छापा

१५ साउन, काठमाडाैँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै आज वसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ ।

सेवा शुल्कबापत रु १० हजार मात्र लिन पाउने व्यवस्था भए पनि उक्त मेनपावर कम्पनीले कुवेत जान लागेका ३५ जनासँग प्रतिव्यक्ति रु एक लाख ८० हजारसम्म रकम असुलेको भन्ने उजुरीका आधारमा विभागले छापा मारेको हो ।

विभागले उक्त मेनपावर कम्पनीको सम्पूर्ण कागजात नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको विभागका निर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिनुभयो । उक्त मेनपावर कम्पनीबाट मंगलबार मात्रै ३५ जना नेपाली वैदेशिक रोजगारीका लागि कुवेत जाँदै थिए । विभागले मेनपावर कम्पनीमा छापा मारेपनि उनीहरु तोकिएको शुल्क बुझाएर रोजगारीका लागि कुवेत जाने बताइएको छ ।

प्रकाशित मिति : July 30, 2018 at 11:25 pm