बिहानै एमालेलाई गाली गर्दै नारायणकाजीको फेसबुकमा अपिल
२९ मंसिर, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि गाली वर्षाउँदै एमालेलाई नै अपिल गरेका छन । उनले संसदमा अबरोध सिर्जना गरेको भन्दै एमालेको चर्को आलोचना गर्दै लोकतन्त्रलाई लज्जास्पद रुपमा प्रहार गरिएको बताएका छन ।

एमालेले संसदमा अबरोध गर्ने भनेपनि सरकारले भने संसदको गतिबिधि निरन्तर अघि बढाइरहेको छ । यहीबीचमा बुधबार बिहानै कांग्रेसका प्रतिपक्षी नेता रामचन्द्र पौडेल र माओवादीका प्रतिपक्षी नेता श्रेष्ठ दुबै एमालेमाथि खनिएका हुन । देउवाले पुस महिनामा संसद विघटन गरेर ताजा जनादेशमा जाने तयारी गरिरहेको हल्ला चलिरहेकै बीचमा दुइ नेता प्रमुख प्रतिक्षीमाथि खनिएका हुन ।
श्रेष्ठले फेसबुकमा लेखेका छन, ‘नेकपा (एमाले )ले संघीय संसदको बैठक लगतार अबरुध्द गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रुपमा प्रहार गरिरहेको छ।अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठ हो यो। लोकतान्त्रिक मान्यतालाई आत्मासात गर्दै संसद सुचारु गर्न नेकपा( एमाले) लाई गंभीर अपील गर्दछु ।’

प्रकाशित मिति : December 15, 2021 at 10:34 am









