कांग्रेस सभापतिको मतगणना सकियोः अब देउवा र कोइरालाको बीचमा प्रतिस्पर्धा हुने
२८ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको सभापतिको मतगणना सकिएको छ । मतपरिणाम अनुसार कसैले पनि ५१ प्रतिशत प्राप्त नगरेका कारण पुनः मतदान हुने भएको छ । जसमा देउवा र कोइरालाकाे बीचमा अब प्रतिस्पर्धा हुनेछ ।
सभापतिका उम्मेद्वार शेरबहादुर देउवाले २२५८ मत पाएका छन् । डा .शेखर कोइरालाले १७२९ मत ल्याएका छन् । बिमलेन्द्र निधिले २४९ मत ल्याउँदा प्रकाशमान सिंहले २८६ र कल्याण गुरुङले २० मत ल्याएका छन् ।

प्रकाशित मिति : December 14, 2021 at 9:12 am









