२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

देउवा अघिअघि काेइराला पछिपछि, ३२८२ मत गणना हुँदा कसले कति पाए ?

२८ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदकाे ३ हजार २८२ मतगणना भएकाे छ । कुल ४ हजार ६७९ मत खसेको थियाे ।

हालसम्मकाे मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा छन् । निर्वाचन समितिका अनुसार देउवाले १ हजार ५५६ मत प्राप्त गरेका छन् । कोइरालाले १ हजार १९७ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन् ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राेबीच दाेस्राे चरणमा चुनाव हुनेछ ।

प्रकाशित मिति : December 14, 2021 at 8:14 am