नेपाली कांग्रेसको १४ औँ महाधिवेशः ८७८ मत खस्यो
२७ मंसिर, काठमाडाैँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि आज भएको मतदानमा ८७८ मत खसेको छ । काँग्रेसको मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा ८७८ मत खसेको हो । १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन । काँग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रिय सभा गृहमा ३४३ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा ५३५ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।

काँग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसाल्नुभएको थियो । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।
प्रकाशित मिति : December 13, 2021 at 3:04 pm









