कांग्रेस महाधिवेशन: प्रतिनिधि पानी ट्याङ्कीमा मत खसाल्न लामवद्ध, मतदान अझै सुरू भएन
२७ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको लागि हुने भनिएको मतदान अझै सुरु भएको छैन । सोमबार बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान कार्य अझै सुरु भएको छैन ।
मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन् । भृकुटीमण्ड, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशको भृकुटीमण्डप र बाँकी राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको हो ।
प्रकाशित मिति : December 13, 2021 at 8:55 am









