एमालेको गण्डकी प्रदेश इञ्चार्जमा पद्मा अर्याल
२६ मंसिर, काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश इञ्चार्जहरु तोकेको छ । जारी बैठकले प्रदेश १ को इन्चार्ज इन्चार्ज देवराज घिमिरेलाई जिम्मेवारी दिएको छ ।

यसैगरी प्रदेश २ को इञ्चार्जमा रघुबीर महासेठलाई बनाएको छ । बागमति प्रदेशको इञ्चार्जमा काशीनाथ अधिकारी, गण्डकी इञ्चार्जमा पद्मा अर्याल, लुम्बिनी इञ्चार्जमा छविलाल बिश्वकर्मा, कर्णाली इञ्चार्जमा यामलाल कँडेल र सुदुरपश्चिम इञ्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति : December 12, 2021 at 7:08 pm









