३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रदेश अध्यक्ष हुन अस्वीकार गरेपछि विशाल भट्टराई एमाले केन्द्रीय कमिटीमा मनोनित

२६ मंसिर, काठमाडौँ । नेकपा एमालेका नेता विशाल भट्टराईले प्रदेश नम्बर १ को अध्यक्ष हुन अस्वीकार गरेपछि केन्द्रीय कमिटीमा मनोनयन भएका छन । यसअघि निर्वाचनकै माध्यममाट केन्द्रीय कमिटीमा आउन योग्य रहे पनि अध्यक्ष केपी ओलीले महाधिवेशनको बन्दसत्रको हलमा प्रस्ताव गरेको सूचीमा नाम नभएपछि उम्मेदवार बनेका थिएनन् ।

भट्टराईले प्रदेश अध्यक्ष अस्वीकार गरेपछि उनलाई केन्द्रीय कमिटी सदस्य मनोनयन गर्न अध्यक्ष ओलीले केन्द्रीय कमिटीको जारी दोस्रो बैठकमा प्रस्ताव गरेका छन । भट्टराई नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक समेत हुन ।

प्रकाशित मिति : December 12, 2021 at 1:30 pm