२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

एमालेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले गरेका ८ निर्णय यी हुन

२५ मंसिर, काठमाडाैँ । नेकपा एमालेको आजको बैठकले ८ वटा निर्णय गरेको छ । उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार अमृत बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद गठन गर्ने निर्णय गरेको छ । यसैगरी दशौं महाधिवेशनको समिक्षा गरेको छ । जसमा महाधिवेशन भव्य र ऐतिहासिक रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

आउने पुष २३ गते सबै जिल्लाका अधिवेशन र माघ ८ गते सबै प्रदेशका अधिवेशन गर्ने निर्णय गरेको छ । यसैगरी विधानमा सम्पादन र नियामवली बनाउन खगराज अधिकारी रमेश बडाल रहेको एक कार्यदल गठन गर्ने निर्णय गरेको छ । यस्तैबैठक सञ्चालन सम्बन्धी कार्यविधी र सुझाव सहित पारित गरेको छ ।

यस्तै माघ र फागुनमा पार्टी विस्तार पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । यस्तै फागुनभरीमा सबै जनसंगठनका महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : December 11, 2021 at 6:17 pm