२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

कांग्रेस सभापतिमा नउठ्ने रामचन्द्र पौडेलको घोषणा

२५ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । शनिवार बिहान आफ्नै निवास बोहराटारमा आफुपक्षीय केन्द्रीय सदस्यहरूसँगको छलफलमा पौडेलले उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

एक नेताका अनुसार संस्थापन इतरबाट साझा उम्मेदवार बनाउने प्रयास सार्थक नभएपछि पाैडेलले सभापतिकाे प्रतिस्पर्धाबाट बाहिरिने  निर्णय गरेका हुन् । उनले अब शेखर काेइराला र प्रकाशमान सिंह पछि हटे पनि उम्मेदवारी नदिने बताएका हुन् । उम्मेदवारी नदिएपनि कसलाई समर्थन गर्ने भन्नेबारे पौडेलले केही बोलेका छैनन् ।

प्रकाशित मिति : December 11, 2021 at 11:20 am