२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

प्रचण्डतिर हेर्दै भाजपा नेता हर्षवर्द्धनले भनेः यतिधेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा पहिलोपटक देखेँ

२४ मंसिर, काठमाडौँ । भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनले नेपाली नेताहरू माथि व्यंग्य गरेका छन । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देश दिनेक्रममा उनले यतिधेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा पहिलोपटक देखेँ भन्दै व्यंग्य गरे ।

पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले आफूले यतिधेरै पूर्वप्रधानमन्त्री एकै मञ्चमा कहिल्यै नदेखेको बताए । उनले एक पार्टीको कार्यक्रमा अन्य पार्टीका नेताहरू उपस्थित भएको पनि आफूले पहिलो पटक देखेको बताए ।

 

प्रकाशित मिति : December 10, 2021 at 3:32 pm