गगनलाई गोकुलको जवाफः आखिर, भृकुटीमण्डप पनि ओलीवेशनमय नै त हुने भएछ
२३ मंसिर, काठमाडौँ । नेकपा एमालेका प्रभावशाली युवा नेता गोकुल बाँस्कोटाले गगन थापलाई कडा जवाफ दिएका छन । नेकपा एमालेको चितवन महाधिवेशनलाई ओलीवेशनको संज्ञा दिने थापा लगायत नेपाली कांग्रेसका नेताहरूलाई सामाजिक सञ्जालबाट एकमुष्ठ जवाफ दिँदै बाँस्कोटाले आखिरमा कांग्रेसको महाधिवेशन पनि ओलीवेशनमय नै हुने भएछ भन्दै व्यंग्य गरेका छन ।

बास्कोटाले कांग्रेसभित्रका दुबै गुटका नेताहरूले ओलीको पदछाप छेक्न आफ्नो उम्मेदवारी भन्दै भाषण दिए सुनेपछि भनेका छन, ‘तीनदिन यता कांग्रेस नेताहरुको अन्तरवार्ता र भाषण खुब सुने।कांग्रेसमा पौडल र देउवा दुबै पक्षको उम्मेदवारी ओली पदचाप छेक्नका लागि रे१एमालेको दशौ महाधिवेशन चल्दै गर्दा चितवनमा ओलीवेशन चल्दै छ भन्ने साथीलाई झल्झली सम्झदै भन्न मन लाग्यो(आखिर,भृकुटीमण्डप पनि ओलीवेशनमय नै त हुने भएछ।’

प्रकाशित मिति : December 9, 2021 at 5:52 pm









