२४ भदौ २०८३, बुधबार | Thu Sep 10 2026

म कांग्रेसकाे निर्विकल्प सभापतिको उम्मेदवार हुँः विमलेन्द्र निधि

२३ मंसिर, काठमाडौँ । नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले आफू सभापतिको निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताएका छन् ।शुक्रबारबाट सुरु हुन लागेको पार्टीको १४औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवारी घोषणा गरिसकेका उनले आफू निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताएका हुन् ।

शुक्रबारबाट १४औँ महाधिवेशन सुरु हुने भएपछि बिहीबार बस्न लागेको मौजुदा केन्द्रीय समितिको अन्तिम बैठकमा सहभागी हुन पार्टी कार्यालयमा पुगेका निधिले सभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

शेरबहादुर देउवाको सभापतिमा दाबेदारी सार्वजनिक भइसकेको छ भने रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कोइराला परिवारबाट साझा सभापतिको उम्मेदवार बनाउने प्रयास जारी छ । तर, आफूलाई दुवै पक्षबाट मत आउने निधिले दाबी गरे । बिहीबार बस्न लागेको केन्द्रीय समिति बैठकमा महाधिवेशनका विषयमा छलफल हुने आफूले जानकारी पाएको उनले बताए ।

प्रकाशित मिति : December 9, 2021 at 1:04 pm