माओवादी केन्द्रले पूर्णता नदिई बनायो ३२ विभाग, कुन विभागमा काे ?
२२ मंसिर, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले पूर्णता नदिई ३२ वटा विभाग गठन गरेको छ । पार्टी स्कुल विभागको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैंले राखेका छन् । स्कुल विभागको उपप्रमुखमा गिरिराजमणि पोखरेल चयन भएका छन् । खाली रहेको विभागलाई पूर्णता दिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।
माओवादी केन्द्रले विभागबाहेक नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको छ । तर, प्रतिष्ठानमा प्रमुख र उप्रमुखसहित १५ सदस्य नियुक्त गर्न बाँकी रहेकाे छ ।
यस्तै नारायण शर्माले पुस्तकालय तथा अभिलेख विभागको नेतृत्व पाएका छन् भने उपप्रमुख र १२ जना सदस्य अझै तोकिएको छैन । राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी कृष्णबहादुर महराले पाएका छन् ।
यस्तै, सामान्य प्रशासन र संसदीय विभागमा पनि १६/१६ जना सदस्य नियुक्त गर्न बाँकी छ । यसैगरी अर्थ विभाग प्रमुखमा वर्षमान पुन र उपप्रमुख विन्दमान विष्ट रहेका छन् ।
यस्तै उद्योग वाणिज्य तथा आपूर्ति विभागको नेतृत्व वामदेव क्षेत्रीले पाएका छन् । उपभोक्ता हित आपूर्ति विभागको प्रमुखको जिम्मा मात्रिका यादवलाई दिइएको छ ।

यसैगरी हरिबोल गजुरेलले कृषि तथा भूमिसुधार विभागको प्रमुखको जिम्मेवारी पाएका छन् भने कोष तथा आर्थिक विभागको प्रमुखमा डोरप्रसाद उपाध्याय छानिएका छन् ।
यस्तै लीलामणि पोखरेलले जलश्रोत तथा सिँचाइ विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । यस्तै खीमलाल देवकोटा निर्वाचन विभाग प्रमुख बनेका छन् ।
त्यसैगरी वरिष्ठ अधिवक्ता मुक्ति प्रधानको नेतृत्वमा कानून न्याय तथा मानवअधिकार विभाग गठन गरेको छ भने झक्कु सुवेदी पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । धेरैजसो विभागमा प्रमुख तोकिए पनि उपप्रमुख र सदस्यहरू नियुक्त गर्न बाँकी छ ।
प्रकाशित मिति : December 8, 2021 at 6:31 pm









