२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

सभापतिको साझा उम्मेदवार छान्न रामचन्द्र पौडेल समूह छलफलमा

२२ मंसिर, काठमाडौँ । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ । बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको इतर समूहको छलफल विना निष्कर्ष निस्किएको थियो ।

नेता प्रकाशमान सिंहको निवासमा जारी बैठबकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा.शेखर कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू सहभागी छन् ।

बैठकले आजै सभापतिको साझा उम्मेदवार तय गर्ने नेताहरूले जानकारी दिएका छन् । इतर समूहबाट सभापतिमा पौडेल, सिंह र कोइरालाद्वय आकांक्षी छन् ।

प्रकाशित मिति : December 8, 2021 at 5:31 pm