भीम रावलले गृह जिल्ला पुगेर भनेँ, चुनाव हारेर होइन जितेर आएँ (भिडियोसहित)
२२ मंसिर, अछाम । नेकपा एमालेका नेता डा भीमबहादुर रावलले आफूले चुनाव जितेर आएको बताएका छन । अछामको साँफेबगरमा कार्यकर्ताको स्वागतपछि सम्बोधन गर्दै पूर्व उपाध्यक्ष डा रावलले भने आफूले एजेण्डामा जितेको बताए ।
उनले महाधिवेशनमा टीका लगाएर कमिटी घोषणा गर्न खोजिएकोमा आफूले जबजको मूल मर्म अनुसार प्रतिस्पर्धामा गएको बताए । उनले आफूले पद नै चाहेको भए अध्यक्ष ओलीले उपाध्यक्ष दिएको लिन सक्ने बताए । उनले आठौँ महाधिवेशनमा केपी शर्मा ओली र आफूसँगै हारेको बताउँदै एक पाटक हारेर केही नहुने बताए ।

उनले भोलिका दिनमा फेरि जित्न सकिने जनाए । उनले जनता, पार्टी र विद्यार्थीका लागि उठाएको झण्डा नबिसाउने बताए । डा रावल केही दिन अछाममै बस्ने भएका छन । उनी श्रीमतिसहित बुधबार अछाम पुगेका हुन । उनले केही दिन कार्यकर्तासँग अन्तरक्रिया गर्ने बताए ।
प्रकाशित मिति : December 8, 2021 at 3:21 pm









