७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रहरीद्वारा २५ हजार लिटर अवैध घरेलु मदिरा नष्ट

१४ साउन,लाहान । सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट आज बिहान २५ हजार अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।जिल्ला प्रहरी कार्यालयले सिरहाले शुरु गरेको अवैध मदिरा उत्पादन गर्ने मदिरा भट्टीमा छापा मार्ने अभियानअन्तर्गत जिल्लाको लहान, मिर्चैया, गोलबजार, धनगढी, सुखीपुर नगरपालिकाको विभिन्न स्थानबाट २४ हजार ९६७ लिटर अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो ।

सिरहाको विभिन्न स्थानमा उत्पादन हुने अवैध मदिरा खासगरी लहान, गोलबजार र मिर्चैयाका राजमार्गस्थित होटलमा बिक्री हुने गरेको छ । यसबाहेक जिल्लाको प्रायः सबै हाट बजारमा खुलारुपमा राखिने अवैध मदिराका पसल र भारतीय सीमा नजिक रहेका नेपाली बजारमा रहेका मदिरा पसल अवैध मदिराको प्रमुख बिक्री केन्द्र मानिन्छ ।

प्रकाशित मिति : July 30, 2018 at 11:24 am