२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

सिटाैलाको घरमा पाैडेलः पाैडेलले सहयोगको याचना गरे, सिटाैला जवाफै दिएनन्

२२ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनको पूर्वसन्ध्यामा रहेको छ । यही शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन हुँदैछ । महाधिवेशन चयन गर्ने नेतृत्वको विषयमा नेताहरू छलफलमा जुटेका छन ।

निकै ढिलागरी एक अर्को समूह भनेर हिडिँरहेका नेताहरू समेत भेटघाट र छलफलमा जुटेका छन । अघिल्लो पटक सभापतिमा शेरबहादुर देउवालाइ सहयोग गरेका कृष्ण प्रसाद सिटौलासँग रामचन्द्र पौडेलले बुधबार निवासमै पुगेर सहयोगको याचना गरेका छन ।

सिटौलाले पौडेलको याचनामा कुनै जवाफ नदिएको कांग्रेस स्रोतले जनाएको छ । अनुपम फुडल्याण्डमा भैएको गुटको बैठकबाट पौडेल सीधै सिटौला निवास पुगेका थिए । तर भेटवार्तामा सिटौलाले कुनै जवाफ नदिएको बताइएको छ । प्रदेश अधिवेशनमा भने बागमती प्रदेशमा सिटौला निकटका नेता कार्यकर्ताले वर्तमान सभापति देउवा निकटका उम्मेदवारलाइ सहयोग गरेका थिए ।

छलफलका क्रममा पौडेलले महाधिवेशनमा सँगै मिलेर जान आग्रह गरेका छन् । साथै पौडेलले सँगै मिलेर गएमा मात्रै नेतृत्व परिवर्तन गर्न सकिने बताएका छन । यद्यपी पौडेल समूहले अहिलेसम्म सभापतिको साझा उम्मेदवार चयन गर्न सकेको छैन ।

प्रकाशित मिति : December 8, 2021 at 1:05 pm