२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

संसदबाट राजिनामा दिने धम्की दिइरहेका अमेरशसिंह कांग्रेसको प्रतिनिधि छनाैटमै पराजित

२२ मंसिर, काठमाडाैँ । कांग्रेसको क्रियाशिल सदस्यता विवादमा संसदबाट राजिनामा दिने भन्दै धम्की दिएर शेरबहादुर देउवा समक्ष यसअघि राजिनामा समेत बुझाएका नेता डा अमेरशकुमार सिंह १४औं महाधिवेशनका लागि सर्लाहीबाट प्रतिनिधि छनोट गर्न भएको चुनावमा पराजित भएका छन ।

महाधिवेशन प्रतिनिधि छनोटका लागि मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा मा भएको मतदानमा प्रतिनिधि सभा सदस्यसमेत रहेका सिंह पराजित भएका हुन । सिंहको प्यानल नै पराजित भएको छ । उनले पराजयको संकेत पहिल्यै पाएपछि राजिनामाको नाटक मञ्चन गरेको भन्दै कांग्रेस कार्यकर्ताले अालोचना गरेका छन ।

प्रकाशित मिति : December 8, 2021 at 10:29 am