२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

पाैडेल समूहले आज साँझ सम्ममा प्यानल सार्वजनिक गर्ने, सभापतिमा पाैडेल नै !

२२ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज साँझसम्ममा साझा उम्मेदवार छान्ने दाबी गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न भन्दै मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकपछि नेता पौडेलले सहमतिमै साझा उम्मेदवार तय हुने बताएका हुन् ।

नेता पौडेलले आफूहरु सहमतिको नजिक पुगेको दाबी गरे । ‘हामी सहमतिको निकै नजिक पुगेका छौं’ बैठकपछि पौडेलले भने, ‘भोलिसम्म हाम्रो निर्णय बाहिर आउँछ ।’ साझा उम्मेदवार तय गर्न केही प्रकृया पूरा गर्न बाँकी रहेको उनको भनाइ थियो ।

बैठकपछि महामन्त्री डा शशांक कोइरालाले आफूले सभापतिमा दाबी छाडेको बताएका थिए । संस्थापन इतरबाट अब रामचन्द्रका साथै शेखर, प्रकाशमान सभापतिको आकांक्षी रहेका छन् । उनीहरूले सभापतिमा कुरा मिलेपछि उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्रीको उम्मेदवार टुंगो लगाउने बताएका छन ।

प्रकाशित मिति : December 8, 2021 at 8:16 am