९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

तीन सांसदको नियुक्ति अदालतले रोक्न सक्दैनः प्रधानमन्त्री ओली


१९ फागुन, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन सांसदको नियुक्ति सर्वोच्च अदालतले रोक्न नसक्ने बताएका छन ।

संघीय संसद भवन परिसरमा दुबै पार्टीका सांसदहरुलाई संयुक्त सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियसभाको तीन सदस्यको नियुक्ति रोक्न अदालतले नसक्ने बताए ।

उनले कार्यपालिकाको अधिकारमा न्यायापालिका प्रवेश गर्न नसक्ने भन्दै सरकारले र सर्वोच्चले आ–आफ्नो काम गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्ले आफ्नो निर्णय फिर्ता गर्न पनि सक्ने भएकाले तीन सांसदको नियुक्तिको विषयमा अनावश्यक बहस गर्न आवश्यक नभएको पनि बताए ।

ओलीले नेपाली कानुन पढेर राजनीतिक गर्न खोज्नेहरुका कारण समस्या आएको भन्दै कार्यपालिकाको अधिकारमा हस्तक्षेपकारी भूमिका नखेल्न चेतावनी समेत दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार १३:५७