साना किसान र मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत
२१ मंसिर, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले साना किसान विकास र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको लाभांशलाई स्वीकृत गरेको छ ।
साना किसानको सञ्चालक समितिले आर्थिक वर्ष २०७७/७८ सम्मको को संचित मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । हाल एक अर्व २५ करोड सेयर पुँजी रहेको कम्पनीको उक्त लाभांश वितरणपछि पुँजी डेढ अर्व नाघ्नेछ ।

यसैगरी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको पनि १७ प्रतिशत बोनस सेयरलाई राष्ट्र बैंकले स्वीकृत गरेको छ । दुवै कम्पनीका साधारणसभाबाट पारित गरेपछि उक्त लाभांश वितरण हुनेछ ।
प्रकाशित मिति : December 7, 2021 at 1:42 pm









