२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

देउवाको विरूद्धमा साझा उम्मेदवार तय गर्न पाैडेल समूहको बैठक बस्दै

२१ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसमा संस्थापनइतर समूहकाे बैठक आज मंगलबार बस्दैछ । कांग्रेसकाे १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन् ।

त्यसका लागि साेमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेकाे थियाे । बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएकामा आज फेरि दिउँसाे १ बजे नेता सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बस्न लागेकाे हाे ।

प्रकाशित मिति : December 7, 2021 at 8:05 am