१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

रिलायन्स लाइफको लाभांश बीमा समितिबाट स्वीकृत


१९ मंसिर, काठमाडाैँ । रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांशलाई बीमा समितिले स्वीकृत गरेको छ । बीमा समितिले १६ मंसिरमा कम्पनीलाई पाँच दशमलव २६३ प्रतिशत अर्थात् ११ करोड पाँच लाख २७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न अनुमति दिएको हो ।

१८ असोजमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रतिसेयर पाँच रुपैयाँ २६३ रुपैयाँको दरले ११ करोड ५ लाख २७ हजार २०० रुपैयाँ नगद लाभांश वितरण गर्न निर्णय गरेको थियो । उक्त लाभांश पारित गर्न ११ पुसमा वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार १४:४२

https://srdb.com.np/