२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

उषाकिरण तिम्सिना जो केपी ओलीको प्रस्ताव विनै एमालेको केन्द्रीय सदस्यमा निर्बिरोध भइन

१५ मंसिर, काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मतिका लागि अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले विभिन्न पदमा नाम प्रस्ताव गरे, प्राय ती सबै कि त निर्बिरोध भए कि मतदानबाट विजयी भए । तर एक जना युवा नेतृ अध्यक्ष मण्डलका अध्यक्ष ओलीको प्रस्ताव विनानै केन्द्रीय सदस्यको खुला महिला पदमा निर्विरोध बन्न पुगिन ।

नुवाकोटकी उषाकिरण तिम्सिना अनेरास्ववियूको राजनीतिबाट स्थापित भएकी हुन । उनी बद्रोही स्वभावकी छिन । कतिसम्म भने ओली एमालेको अध्यक्ष बनेपछि शायद उनले पार्टी नेतृत्वको आलोचना नगरेको दिन नै छैन ।

पक्षधरताका आधारमा राम्रै काम गरेको रहेछ भने पनि त्यसमा खोट खोज्नु उनको विशेषता हो । एमालेमा घनश्याम भुसाल निकट मानिने युवा नेतृ तिम्सिना निर्बिरोध केन्द्रीय कमिटीमा पुग्न सफल मात्र भइनन् ४० वर्ष मुनीको उमेर समूहका सीमित केन्द्रीय कमिटी सदस्यहरूमा पनि सुचिकृत भएकी छिन ।

सुदुरपश्चिम प्रदेशकी अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएसँगै तिम्सेनासँगै ५३ महिला नेतृ एमालेको केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित भए । ५४ जनाको उम्मेदवारी परेकोमा एक जनाले फिर्ता लिएसँगै तिम्सेनासँगै ५३ जना नै निर्विरोध भएका थिए ।

यी हुन निर्बिरोध निर्वाचित हुनेहरू 
१. अम्बिका थापा
२. इन्दु कडरिया
३. उषाकिरण तिम्सिना
४. श्रीमाया थकाली
५. कोमल वली
६. गीता अधिकारी
७. गोमादेवी आचार्य
८. गौरीकुमारी वली
९. जानुका सिंखडा
१०. टुका हमाल
११. डा. शिवमाया तुम्बाहाङ्फे
१२. तुलसाकुमारी दाहाल
१३. थममाया थापा
१४. दक्षिणा शाही
१५. दीपा शर्मा
१६. नवीना लामा
१७. निरु दर्लामी कुँवर
१८. निरुदेवी पाल
१९. निर्मला देवकोटा
२०. प्रतीक्षा तिवारी
२१. प्रभा बराल
२२. बालिका गिरी
२३. विमला घिमिरे
२४. बुधनीदेवी महतो
२५. भगवती चौधरी
२६. भारती पाठक
२७. भगवती न्यौपाने
२८. मनकुमारी जिसी
२९. ममता गिरी
३०. मीना उप्रेती
३१. मैनाकुमारी भण्डारी
३२. लक्ष्मी गौतम
३३. लीलाकुमारी भण्डारी
३४. विद्या भट्टराई
३५. विना राई
३६. विन्दा ढुंगाना
३७. विन्दा पाण्डे
३८. शर्मिला कार्की
३९. शान्ता चौधरी
४०. शान्तिदेवी ढकाल
४१. शोभा ज्ञवाली
४२. सम्झना देवकोटा
४३. सकुन्तला बस्नेत
४४. सरस्वती बस्नेत
४५. सरिता न्यौपाने
४६. सीता गिरी वली
४७. सीता न्यौपाने
४८. सीता पौडेल
४९. सिर्जना काफ्ले
५०. सीताकुमारी सुन्दास
५१. सुजिता शाक्य
५२. सुनिता बराल
५३. सुशीला नेपाल

प्रकाशित मिति : December 1, 2021 at 8:30 am