७ असार २०८३, आइतबार | Sun Jun 21 2026

चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षमा ११ बाघ मरे

१३ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन् ।निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार मरेका बाघमध्ये आर्थिक वर्ष २०७२/७३ मा एउटा, २०७३/७४ मा एउटा र २०७४/७५ मा चारवटा बाघ जुधेर मरेका थिए ।

उक्त अवधिमा एउटा बुढो भएर, एउटा उपचारको क्रममा एउटा विषादी परेर मरेका थिए भने दुई वटा मर्नुको कारण खुल्न सकेको थिएन ।पछिल्लो तथ्यांकअनुसार निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या १२० रहेपनि तिनको संख्या बढेको अनुमान गरिएको छ । बाघलाई आवश्यक क्षेत्रफल कमी भएकै कारण जुधेर मर्ने क्रम बढेको हुनसक्ने निकुञ्जको भनाइ थियो ।

विभिन्न कारणबाट वर्षेनी मर्ने बाघको संख्या बढेपछि यसमा कमी ल्याउन निकुञ्जले प्रयास गर्दै आएको सूचना अधिकारी अर्यालले बताए ।

प्रकाशित मिति : July 29, 2018 at 1:38 pm