नेकपा एमालेकाे नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकियो, चार घण्टामा परिणाम आउने
१४ मंसिर, चितवन । एमाले १० महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए ।

उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ । दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो । अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति : November 30, 2021 at 10:54 am









