६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

कांग्रेस महोत्तरी सभापतिमा महेश झा निर्वाचित, महाअधिवेशन प्रतिनिधिको मतगणना जारी


१२ मंसिर, महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको मतगणना अन्तिम चरणमा पुगेको छ ।

सहमति जुट्न नसकेपछि शनिबार भएको निर्वाचनको मतगणना आज बिहान ८ बजेदेखि जारी रहेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।

अहिलेसम्मको मतगणनामा क्षेत्रीय सभापति, सचिव र सहसचिवको मतपरिणाम आइसकेको छ । बाँकी पदाधिकारी तथा केन्द्रीय महाअधिवेशन प्रतिनिधिको नतिजा आउन बाँकी रहेको नेपाली कांग्रेस महोत्तरीले जनाए छ ।

सभापतिमा महेश झा निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा पशुराम गिरी, सन्तोष कुमार र सहसचिवमा सुरेश महतो, उत्सव दाहाल निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर १ मा ५१६ जना मतदाता मध्ये ४९४ जनाले मतदान गरेका थिए । सभापतिमा २०७ मत अर्थात् प्रतिद्वन्द्वी राम श्रेष्ठ महतोभन्दा ८ मत बढी ल्याएर महेश कुमार झा क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।

त्यस्तै केन्द्रीय महाअधिवेशन प्रतिनिधिको भने मतपरिणाम आइसकेको छैन । क्षेत्र नम्बर १ बाट २४ जना निर्वाचित गर्नुपर्ने तर उम्मेदवार बढी भएको हुँदा मतपरिणाममा ढिलाइ भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

अहिले क्षेत्र नम्बर १ केन्द्रीय महाअधिवेशन प्रतिनिधिमा ५७ जना उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार १८:५६