सुर्खेतका ६ पालिकामा माओवादीको नेतृत्व चयन सर्वसम्मत
१३ मंसिर, सुर्खेत । नेकपा माओवादी केन्द्रले सुर्खेतका नाै वटा स्थानीय तहमध्ये ६ पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, भेरिगंगा नगरपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेकाे हो ।
वीरेन्द्रनगर नगरपालिकाको अध्यक्षमा रत्न गाहा मगर, बराहताल गाउँपालिकाको अध्यक्षमा बलबहादुर कठायत, पञ्चपुरी नगरपालिकाकाको अध्यक्षमा केशव शाही, चौकुने गाउँपालिकाको अध्यक्षमा गंगाराम बिक, सिम्ता गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर हमाल र भेरीगंगा नगरपालिकाको अध्यक्षमा गणेश भण्डारी सर्वसम्मत निर्वाचित भएका हुन् ।

गुर्भाकोट नगरपालिका र चिङ्गाड गाउँपालिकामा बन्द सत्र जारी रहेको नेकपा माओवादी केन्द्र सुर्खेतका अध्यक्ष कृष्ण जिसिले जानकारी दिए । लेकबेँसी नगरपालिकामा भने अधिवेशन सुरु हुन सकेको छैन ।
प्रकाशित मिति : November 29, 2021 at 3:04 pm









