२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

माओबादी केन्द्र महोत्तरीको अधिवेसन: १२२ वडा र १ पालिकामा सर्वसम्मत

-विशाल बस्नेत

११ मंसिर , महोत्तरी । नेकपा ( माओबादी केन्द्र) महोत्तरीको वडा अधिवेसन १२२ ठाउँमा सर्वसम्मत भएको छ । १३८ वडा मध्य बाकी १६ वडामा पाटीको बिधानमा उल्लेख भएका केही प्रक्रियागत अफ्ठ्याराले अधिबेसन बाकी रहेको माओबादी केन्द्र महोत्तरीले जनाएको छ ।

१६ वडामा अहिलेसम्म सेल कमिटी नबनेको, टोल भेला नभएको र सक्रिय सदस्यहरु टुंगो नलागेको हुनाले अधिबेसन हुन नसकेको माओबादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए ।

आज यी सवै प्रक्रियागत अफ्ठ्याराहरु टुंगिएका छन भोलि नै बाकी वडामा अधिबेसन हुनेछ, ´ इन्चार्ज खडकाले भने । १६ वडाको अधिबेसन टुंगिएसगै माओबादी केन्द्र महोत्तरीको वडा अधिबेशन सम्पन्न हुनेछ भने दोश्रो चरणमा पालिका अधिबेसन सुरु हुनेछ । मनरासिस्वा नगरपालिकाको सवै वडाको अधिबेसन सकिएपछी नगर अशिबेसन समेत सम्पन्न गरेको माओबादी केन्द्र प्रदेश-२ का अध्यक्ष तुलसी ढुंगानाले जानकारी दिए ।

अहिले नेकपा (माओबादी केन्द्र) महोत्तरीमा ८ हजार नया सदस्यहरुले नविकरण गरेको माओबादीले जनाएको छ ।

प्रकाशित मिति : November 28, 2021 at 10:26 am