२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमालेको बन्दसत्र बिहान १० बजे, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने

११ मंसिर, चितवन । नेकपा एमालेको दशौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १० बने बन्दसत्र सुरु हुने भएको छ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।

एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले आज बिहान १० बजे बन्दसत्र उदघाटन हुने बताए ।   १० बजे बन्दसत्रको कारवाही सुरु हुनेछ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ,’ थापाले दैनिकीसँग भने ।

एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन् । बन्दसत्रमा आउने प्रतिनिधिलाई एमालेले आवास तथा भोजनको व्यवस्था गरेको छ । बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन आइतबारसम्म चल्ने

प्रकाशित मिति : November 27, 2021 at 7:13 am