२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

प्रधानमन्त्री नभएपनि देउवा नेतृत्वको सरकार मेराे हातमा रहेको छः एमाले अध्यक्ष ओली

१० मंसिर, चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री नभएपनि यो सरकारलाई आफैँले चलाइरहेको बताएका छन् । आफु प्रधानमन्त्री नभएपनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको भन्दै आफुले चाहे कठपुतली जस्तै नचाइरहने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चमा राखेर ओलीले सरकारलाई आफुले कठपुतलीजस्तै नचाइदिने र नचाइरहेकेो बताएका हुन् । उनले प्रधानमन्त्रीले चाहेर पनि राम्रो काम गर्न नसक्ने बताए ।

उनले शान्ति प्रक्रियालाई सही ढंगले टुंगो लगाउन सहयोग गर्ने भन्दै यसलाई टुंगोमा लैजान आग्रह पनि गरे । उनले एमालेकाे  १०औँ महाधिवेशनपछि हजारौं पूर्वलडाकूलाई आफ्नो पार्टीमा प्रवेश गराउनेसमेत उद्घोष गरे ।

प्रकाशित मिति : November 26, 2021 at 3:56 pm