एमालेका लागि होइन, देश बनाउन बहुमत दिनुस्ः केपी ओली
१० मंसिर, चितवन । एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान सुरु गरेका छन् । पार्टीको १०औं महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए ।

‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ’ ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे ।
प्रकाशित मिति : November 26, 2021 at 3:24 pm









