“कात्रो” कविता
–राजन पराजुली
पियारि मैले दुःख गरेर कमाई गरि
पठाएको धनले शरीर भरि टल्किने
पहेलो गहना त पकै किनेकि हौली !
सँगसँगै मलाई ओडाई दिने कात्रो
पनि किनेर राखि राख है.।
चर्को गर्मी उसै माथि गाह्रो काम
अनि साँहुको पटक पटकको किच
किच,सहदा सहदै बाँचि घर आँए
त ठिकै हो एतै प्राण गयो भने,
तिमीले किनेर राखेको कात्रो
ओडाई दिनु है।
तिमी सँग विदाईको हात हल्लाउदै
गर्दा म फर्कीएर आउने छु त भनेको
नै छु,
कतै दैव लाग्यो भने हुन त म
तिमी सँगै हुने छु तर त्यसवेला
कात्रो ओड्ने भएर सुति रहने छु।
छोरोले बाकस भरि खेलौना लिएर
आईदिनु है बा बा भनेको थियो।
कुनै बेला म नै बाकसमा सज्जिएर
आए भने अनि छोरोले ममि बा बा
किन निदाउनु भा को उठाउनु न भन्यो
भने,
तेती बेला तिमी के उत्तर दिएर
छोरोलाई फकाउछौ होला..!
पत्नीलाई रातो साडि अनि हात भरि
रातो चुरा लिएर जानु छ भन्दै मलाई
गुनासो पोख्ने म सँगसँगै काम गर्ने एक
साथी कहिल्यै नउठ्ने गरि सुतेको
सुत्तै भयो.।
उसै गरि म पनि कहिल्यै नउठ्ने गरि
सुतेको सुत्तै भए भने,
मेरो लास तिमी थिम आउदा त्यही
कात्रो ओडाई दिनु है ।
मुख भरि पसीनाले भिज्दा एता आउनु
भन्दै तिम्रो ति पछ्यौरीले मेरो अनुहार
पुसि दिएको झल झल याद आउछ।
यहां चर्को घाममा काम गर्दा गर्दै प्राण
फ्याट गयो भने,
मेरो शवको अनुहार
लाई त्यही कात्रोले मुसि दिनु है ।
छर छीमेकी अनि आफन्तिले तेरो
पोईले त धेरै धन कमाएछ होला नी
दुई चार पैसा सापटि दे न भन्य भने,
तिमीले किनेर राखेको उँही कात्रो
देखाई दिनु है।
तिर्खा लाग्दा घरको माथि पट्टिको
भिरबाट बग्ने चिसो पानी ल्याएर पिउनु
भनेको धेरै याद आउछ,
यहां पसीनाले शरीर पूरै भिझेर तिर्खाले
घाटी क्याउ क्याउ हुदै गर्दा दुई थोपा
पानी खोज्न मरभुमीमा भौतारीनु पर्छ.।
जीवन लाई मुत्यु सँग जोगाएर पसीनाले
लित पोत हुदै कमाएर पठाएको धनले
तिम्रो खुसी किन्न सकिन होला,
तर सिउँदोमा सिदुर अनि हातमा चुरा
र शरीरमा रातो पहिरन त लगाएर
हिड्न पाएकि छौ नि ।
चर्को घाममा काम गर्दा गर्दै सँधैको लागि
सितल खोज्दै मुत्यु शैयामा पुगे भने
मेरो शरीर माथि तिमीले किनेर राखेको
कात्रो ओडाई दिनु है,
म सितल छहारीमा सुति रहेको महसूस
गर्ने छु..।
चितवन
प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार १९:३०