देश र जनताको हितका लागि दलहरूबीच निरन्तर संवादको आवश्यक छः प्रधानमन्त्री देउवा
१० मंसिर, चितवन । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देश र जनताको हितका लागि निरन्तर संवादको आवश्यक रहेको बताएका छन् ।
चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले दलहरुबीचको देखिने मनमुटावलाई निरन्तर संवाद र वार्तामार्फत अन्त्य गर्नुपर्ने बताए ।

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि खोपलाई प्राथमिकता दिएको भन्दै उनले सबै दलहरूलाई मिलाएर लैजाने आफ्नो पार्टी र सरकारको रणनीति रहेको बताए । प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनको सफलताको शुभकामना पनि दिए ।
प्रकाशित मिति : November 26, 2021 at 3:03 pm









