यी दुई कामका लागि ओली र एमालेलाई मुलुकले सम्झिरहनेछः कमल थापा
१० मंसिर, चितवन । राप्रपा अध्यक्ष कमल थापाले महत्वपूर्ण २ कामका लागि मुलुकले केपी ओली र नेकपा एमालेलाई सम्झिरहने बताएका छन् । चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै थापाले देश र जनताका लागि दुईवटा महत्वपूर्ण कार्य गरेको भन्दै ओलीकाे तारिफ गरेका छन् ।
तराई मधेसमा देखिएको पृथकतावादी आन्दोलन र सशस्त्र संघर्षको बाटोमा रहेका विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण बाटोमा ल्याउने ओलीको कार्य प्रसशंसायोग्य रहेको अध्यक्ष थापाको भनाइ छ ।

साथै कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई समेटेर नक्सा जारी गरेको र सो नक्सालाई संविधानको अंगमाअर्को महत्वपूर्ण र स्मरणीय योगदान भएको थापाले बताए । उनले एमाले महाधिवेशनको सफलताको शुभकामना पनि दिए ।
प्रकाशित मिति : November 26, 2021 at 2:55 pm









