२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी र नेकपा (एस) कहाँ पुग्छन् टुंगो छैन्ः ओली

८ मंसिर, काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई पन्छ्याएर अघि बढ्ने दाबी गरेका छन् ।

युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नाम उल्लेख नगरी माओवादी केन्द्र र नेकपा (एस) कांग्रेसको पुच्छर भएको टिप्पणी गरे ।

कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी केन्द्र र नेकपा (एस) कहाँ पुग्छन् टुंगो नहुने ओलीको भनाइ छ । ‘कांग्रेसको पुच्छरले एमालेलाई टक्कर दिन खोजेका छन् । कांग्रेसले पुच्छर हल्लाउँदा कहाँ पुग्छन् टुंगो छैन’, ओलीले भने ।

प्रकाशित मिति : November 24, 2021 at 5:03 pm