२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

कांग्रेस अधिवेशनः अछाम १ मा खसेकोभन्दा १८ मत बढी भेटियाे

८ मंसिर, अछाम । नेपाली कांग्रेस अछामकाे दुवै निर्वाचन क्षेत्रमा म‌ंगलबार भएकाे अधिवेशनअन्तर्गतकाे चुनावकाे मतगणना भइरहेको छ ।प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ । निर्वाचन क्षेत्र नं. १ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् ।

७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ७४७ मत खसेकोमा ७६५ मत पत्र भेटिएका छन् । खसेकाेभन्दा बढी मतपत्र भेटिएपछि अहिले सराेकारवालाहरू छलफलमा जुटेकाे निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले बताए ।

प्रकाशित मिति : November 24, 2021 at 4:10 pm