इलाम २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इधिङ्गो निर्वाचित
८ मंसिर, इलाम । नेपाली कांग्रेस इलाम २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इधिङ्गो निर्वाचित भएका छन् । माङसेबुङ गाउँपालिकाका अध्यक्ष रहेका डिकेन्द्रले तीन प्रतिस्पर्धीलाई हराएका हुन् ।

इधिङ्गोले ४ सय ३२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नुतनदेव दुलालले २ सय ९८ मत पाए । क्षेत्रीय सभापतिका उम्मेदवार नरेश श्रेष्ठले १ सय ८८ र मनबहादुर बुढाथोकीले ७४ मत पाए ।
प्रकाशित मिति : November 24, 2021 at 11:25 am







