१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

इन्जीनियर एक लाख घुससहित प्रक्राउ

१२साउन, गुल्मी । तम्घास मिलधारी प्यूठान सडक आयोजना गुल्मीका सब ईन्जीनियर प्रकाश झालाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । एक सेवाग्राहीसंग एक लाख रुपैयाँ घुस लिदै गर्दा अख्तियारको टोलीले झालाई आज विहान नियन्त्रणमा लिएको हो ।

शनिबार बिहान गुल्मीको तम्घासमा रहेको आफनै निवासमा सेवाग्राहीबाट निर्माण कार्यको रनिङ बील पास गरे वाफतको एक लाख रुपैयाँ घुस लिदै गर्दा झालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ । उनिमाथि थप अनुसन्धान भईरहेको पनि आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : July 28, 2018 at 2:27 pm