महाधिवेशनमा पदाधिकारी चयन सहमतिका लागि दबाब दिन्नः ओली
७ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा पदाधिकारी चयनमा सहमतिका लागि दबाब नदिने बताएका छन् । मंगलबार सम्पादकहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले बिना करकाप प्रतिस्पर्धा गर्न छुट भएको बताए ।

‘करकापमा सहमति गर्न जरूरी छैन । सहमतिका लागि मैले आग्रह गरे भने करकाप हुन्छ । म त्यो गर्दिन । लोकतान्त्रिक विधि भए बेस्ट हो । पदाधिकारी र केन्द्रीय सदस्यको हकमा सहमतिका लागि दबाब दिन्न,’ उनले भने ।
प्रकाशित मिति : November 23, 2021 at 3:45 pm









