२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नेपालका सवारी साधनले बोक्न भ्याउने जति मान्छे महाधिवेशनमा आउँछन्ः अध्यक्ष ओली

७ मंसिर, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा नेपालका सवारी साधनले बोक्न सक्ने जति मान्छे सहभागी हुने बताएका छन् । मंगलबार सम्पादकहरूसँगकाे अन्तरक्रियामा अध्यक्ष ओलीले महाधिवेशनमा १०/२० लाख जनसहभागिता जुटाउन सकिने भए पनि सवारी साधनको क्षमताले भ्याएसम्म मात्र मानिस चितवनमा उपस्थित हुने बताए ।

उनले महाधिवेशनमा न्यूनतम् ५ लाख मानिस उपस्थित हुने अपेक्षा गरेकाे समेत बताए । उनले कोभिडको समय भएकाले विदेशी प्रतिनिधि भने धेरै ठुलो संख्यामा नहुने बताए ।

प्रकाशित मिति : November 23, 2021 at 3:00 pm