२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अध्यक्षमा ओलीलाई समर्थन दिँदै एमालेको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवास नेम्वाङको घोषणा

७ मंसिर, काठमाडाैंँ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष उम्मेदवारी दिने घोषणा गरेका छन । आकांक्षीहरुको संख्या बढेसँगै महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएकाबेला नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणपछि दोस्रो वरीयताको नेतृत्व दाबी गर्ने नेम्वाङ अर्को हेबिवेट नेता भएका छन ।

नेम्वाङले दैनिकीसँग कुरा गर्दै अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताउँदै उपाध्यक्ष पदभन्दा माथि नै उम्मेदवारी (वरिष्ठ उपाध्यक्ष पद) दिने घोषणा गरेका हुन । उनले सहमति भए मान्य हुने बताउँदै चुनाव भए मैदानमा उत्रने बताए । एमाले विधानअनुसार ६८ वर्षीय नेम्वाङले अर्कोपटक नेतृत्व दाबी गर्न मिल्दैन ।

विद्यार्थी छँदा नै राजनीतिमा लागेका नेम्बाङ भूमिगत कालदेखि नै कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । उनले संविधानसभा अध्यक्ष र सभामुखको सफलता पूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन । नेम्बाङ संसदीय निर्वाचनमा इलामबाट हालसम्म अपराजित छन ।

प्रकाशित मिति : November 23, 2021 at 8:56 am