२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

पद लिनु, नलिनु, केही हुनु, नहुनुसँग मलाई मतलव छैन्ः उपमहासचिव भुसाल (भिडियोसहित)

५ मंसिर, काठमाडाैँ । नेकपा एमाले सैद्धान्तिक नेताका रुपमा घनश्याम भुसाल चिनिन्छन । प्राय संस्थापनको विपक्षमा बेलाबेला अभिमत प्रक्ट गरेर, कम्यूनिष्ट पार्टीले सिद्धान्त छोड्दै गएको भन्दै चिन्ता गरेर आम सञ्चाार माध्यममा छाइरहने भुसाल यसपाली महाधिवेशनको मुखमा पनि प्रतिक्रियाबिहिन बनेका छन । केही दिन अघि कान्तिपुर दैनिकमा लामो लेख लेखेका भुसालले आज एउटा भिडियो अन्तर्वार्ता दिएका छन ।

१० औं महाधिवेशन केन्द्रीत भएर एमाले प्रचार विभागले सुरु गरेको भिडियो अन्तर्वार्तामा भुसालले आफूलाई पद पाउनु र नपाउनुसँग सरोकार नभएको बताएका छन । भुसालले आन्दोलनप्रतिको आफ्नो प्रतिवद्धता नैतिक भएको बताएका छन ।

‘आन्दोलनप्रतिको मेरो प्रतिवद्धता नितान्त नैतिक हो, म त्यो दावी गर्छु,’ भुसालको भनाइ छ, ‘पद लिनु, नलिनु, केही हुनु, नहुनुसँग मलाई मतलव छैन् । प्रतिवद्धताका साथ म निरन्तर सक्रिय रहन्छु ।’ यद्यपि एमालेको नेता हुनका लागि के कस्तो योग्यता चाहिन्छ भन्ने मापदण्ड बनाउनुपर्नेमा भने उहाँको जोड छ। ‘नेकपा एमालेको नेता हुनका लागि के-के योग्यता चाहिन्छ भन्ने एउटा मापदण्ड बनाम । सबै मिलेर पास गरौं । त्यो योग्यता कसको छ भनेर ल दावी गरौं भनेर भनम। दुनियाँले प्रष्टै देखिहाल्छ नि कसमा त्यो योग्यता छ भनेर।’

प्रकाशित मिति : November 21, 2021 at 9:15 pm