दर्ता नगरिएका बिदेशी टेलिभिजन प्रधानमन्त्रीले उद्घाटन गर्नु आश्चर्यजनकः अध्यक्ष थापा
५ मंसिर, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमले थापाले सूचना तथा प्रसारण विभागमा दर्ता नगरिएका बिदेशी लगानीका दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु आश्चर्यजनक रहेकाे बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले दर्ताबिना सञ्चारमाध्यम प्रकाशन प्रसारणमा ल्याउन नपाइने कानुनी व्यवस्थाको प्रधानमन्त्रीबाटै उल्लंघन भएको बताएका हुन् । उनले यसबारे सरकारले तत्काल सत्यतथ्य सार्वजनिक गर्नुपर्ने समेत बताए ।
प्रकाशित मिति : November 21, 2021 at 1:21 pm









